कस्मेटिक सर्जनको निष्कर्ष : जोनी डेपकी पूर्वपत्नीको अनुहार ९२ प्रतिशत पर्फेक्ट – Nepal Press

कस्मेटिक सर्जनको निष्कर्ष : जोनी डेपकी पूर्वपत्नीको अनुहार ९२ प्रतिशत पर्फेक्ट

एजेन्सी । पूर्व पति जोनी डेपको मानहानीको मुद्दाका कारण हेडलाइनमा आएकी एम्बर हर्डको अनुहार ‘संसारकै सुन्दर अनुहार’ भएको पुष्टि भएको छ।

एम्बर लौरा हर्ड एक अमेरिकी अभिनेत्री हुन्। वैज्ञानिक मापदण्ड अनुसार अभिनेताको अनुहारका हरेक विशेषताहरू पर्फेक्ट रहेको दाबी छ।

एम्बरको आँखा, ओठ र अनुहारको आकार मापन र विश्लेषण गरी बेलायतस्थित कस्मेटिक सर्जनको अध्ययनबाट यो निष्कर्ष निकालिएको हो। युनिलाडको रिपोर्ट अनुसार, बेलायती कस्मेटिक सर्जन डा. जुलियन डे सिल्भाले एक अध्ययनमा डिजिटल फेसियल म्यापिङ प्रविधिको प्रयोग गरी एम्बरको अनुहार ९१.८५ प्रतिशत पूर्णताको नजिक रहेको पत्ता लगाएका छन् ।

उनले २०१६ मा पनि १.६१८ को ग्रीक गोल्डेन रेसियो अफ ब्युटीको प्रयोग गरी यो अनुसन्धान गरेका थिए जसलाई ‘फी’ भनेर चिनिन्छ। यो रेसियोले अनुहारको हरेक फिचरहरूको सही अनुपातको निर्धारण गर्छ।

उनले एम्बरको २०१६ को रेड कार्पेटको तस्बिर प्रयोग गरी कथित रूपमा उनको अनुहारमा १२ बिन्दुहरूको विश्लेषण गरेमा थिए।

सोही प्रविधि प्रयोग गर्दै डा जुलियनले रियालिटी टिभी स्टार किम कार्दशियनको सबैभन्दा राम्रो आइब्रो, हलिउड अभिनेत्री स्कारलेट जोहनसनको सबैभन्दा राम्रो आँखा र मोडेल तथा अभिनेता एमिली रतजकोस्कीको सबैभन्दा उत्तम ओठ भएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर