झलनाथको दाबी – हामीसँग २० लाखभन्दा बढी मत छ (भिडिओ) – Nepal Press

झलनाथको दाबी – हामीसँग २० लाखभन्दा बढी मत छ (भिडिओ)

‘गठबन्धनमा अपमान हुँदा प्राप्त गर्न सकेनौँ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीसँग २० लाखभन्दा बढी मत रहेको दाबी गरे ।

तर त्यो मत गठबन्धनमा अपमान हुँदा प्राप्त गर्न नसकेको आरोप लगाए ।

नेकपा एसद्वारा जननिर्वाचित प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै उनले त्यत्रो मत हुँदाहुँदै पनि पार्टी धेरै ठाउँमा जित्न नसकेको बताए । त्यसको समिक्षा गरिरहेको उनले बताए ।

‘हामीले देशव्यापी रुपमा खुल्ला मनस्थिती लिएर राष्ट्रव्यापी रुपमा उम्मेदवार उठाउन सकेको भए, ऐले अब नौ लाख आयो,’ उनले भने, ‘नौ लाख होइन २० लाखभन्दा बढी मत छ हाम्रो हेर्नुस ।’

त्यो मत नआउनुका पछाडि केही आफ्ना कमजोरी भएपनि गठबन्धन दलकै अपमानले बढी काम गरेको बताए ।

‘त्यो गठबन्धनले त हामीलाई बिलकुलै अपमान ग¥यो, त्यो अपमानजनक व्यवहार गरेकै हुनाले हामीले जति मत प्राप्त गर्नुपर्ने थियो, त्यतिपनि प्राप्त गर्न सकेनौं,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर