बलात्कारका घटना बढेपछि पाकिस्तानको पंजावमा आपतकाल घोषणा – Nepal Press

बलात्कारका घटना बढेपछि पाकिस्तानको पंजावमा आपतकाल घोषणा

काठमाडौं । पाकिस्तानस्थित पंजाव शहरमा बलात्कारका घटना बढ्दै गएपछी सरकारले आपतकाल घोषणा गरेको छ ।

पत्रकार सम्मेलन गर्दै पञ्जाबका गृहमन्त्री अत्ता तरारले यस्ता घटनामा वृद्धि हुनु समाज र सरकारी अधिकारीका लागि गम्भीर समस्या भएको बताए ।

‘पञ्जाबमा दैनिक चारदेखि-पाँचवटा बलात्कारका घटनाहरू रिपोर्ट भइरहेका छन् जसका कारण सरकारले यौन उत्पीडन, दुर्व्यवहार र जबरजस्तीका घटनाहरू समाधान गर्न विशेष उपायहरू विचार गरिरहेको छ,’ उनले भने ।

बलात्कारको बढ्दो घटनासँग प्रभावकारी ढंगबाट जुध्न यस्तो कदम उठाउनुपरेको पंजाब सरकारको भनाइ छ । सरकारले हाल बालबालिकालाई एक्लै नछोड्न अपिलसमेत गरेको छ ।

बलात्कार मामिला तथा कानुनको व्यवस्थाको बारे मन्त्रिपरिषद्ले समीक्षा गर्ने पनि गृहमन्त्री तरारले बताए । उनका अनुसार यस विषयमा नागरिक समाज, महिला अधिकार संगठन, शिक्षक र वकिलसँग पनि परामर्श लिइनेछ ।

यस्तै सरकारले ‘एन्टी रेप’ अभियान समेत सञ्चालनमा ल्याउने भएको छ । केही अघिमात्र पाकिस्तानमा गुडिरहेको रेलमा एक महिलाको सामूहिक बलात्कार भएको थियो ।

पाकिस्तानमा ‘अनर किलिङ’ र बलात्कारको घटना बढ्दै गएको छ । क्यानडाको थमसन रोयटर्स फाउन्डेसनको अध्ययनअनुसार सन् २०२१ मा पाकिस्तानमा १ हजारभन्दा बढी महिलाको ‘अनर किलिङ’ भएको छ । यो अवधिमा कट्टरपन्थी समूहले धेरै महिलालाई सामूहिक बलात्कारसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर