गगन–विश्वबारे एमाले नेता रिजालको टिप्पणी- महामन्त्री साथीहरू ‘राजनीति’ गर्न माहिर – Nepal Press

गगन–विश्वबारे एमाले नेता रिजालको टिप्पणी- महामन्त्री साथीहरू ‘राजनीति’ गर्न माहिर

काठमाडौं । नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई राजनीति गर्न माहिर भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटर ह्यान्डलमा एक ट्विट सार्वजनिक गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनको यो टिप्पणी महामन्त्रीद्वयले केही दिनअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रवासमा रहेका नेपालीलाई मताधिकार दिने भन्ने विषयको छलफलसँग केन्द्रित छ ।

‘कांग्रेसका महामन्त्री साथीहरू ‘राजनीति’ गर्न माहिर हुनुहुन्छ,’ उनले लेखेका छन्,‘आफ्नै पार्टीको नेतृत्वको सरकार छ, अनि आफ्नै सभापतिलाई भेटेर मागपत्र पेस गर्नुहुन्छ । संसद्मा बहुमत भएरै सरकार बनेको होला, कानून बनाउन छाडेर निर्वाचन आयोग पुगेर प्रवासीलाई मतदानको माग गरेर नाटक देखाउनुहुन्छ ।’


प्रतिक्रिया

One thought on “गगन–विश्वबारे एमाले नेता रिजालको टिप्पणी- महामन्त्री साथीहरू ‘राजनीति’ गर्न माहिर

  1. रिजाल जस्तो फिस्टोले चर्को आवाज गरेको सुहाउदैन दाइहरुका अगाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर