स्केटबोर्डमा समीर र पेम्बा च्याम्पियन – Nepal Press

स्केटबोर्डमा समीर र पेम्बा च्याम्पियन

काठमाडौं । समीर विल्सन सुनार र पेम्बा श्रेष्ठ पाँचौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगितामा च्याम्पियन बनेका छन् । सिनियरको पुरुषमा समीर र महिलामा पेम्बा पहिलो भएका हुन् ।

मङ्गलवार नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा पोखरा रंगशालाको अन्नपूर्ण स्केट पार्कमा भएको प्रतियोगिताको पुरुषमा धिरज परियार दोस्रो तथा वसन्त राई तेस्रो भए । महिलामा समीक्षा राई दोस्रो तथा स्वाती श्रेष्ठ तेस्रो बने ।

जुनियरको पुरुषमा शिशिर श्रेष्ठले स्वर्ण, आर्यन शाहीले रजत र किरण गुरुङले कांस्य जिते । सोही स्पर्धाको महिलामा खुसी विक प्रथम, एन्जल क्षेत्री द्वितीय तथा सिम्रन थापा तृतीय भए । चारै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।

प्रतियोगिताको गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले मंगलबारै उद्घाटन गरेका थिए ।

प्रतियोगितामा विभिन्न जिल्लाका करिब १ सय ५० खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । फाइनल चरणमा सिनियरतर्फ पुरुष/महिलामा ९/९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

जुनियरको पुरुषमा ९ र महिला ३ खेलाडी फाइनलका लागि छनोट भएका थिए ।

सोमबार छनोट चरणका खेल भएको थियो । खेलाडीले ओलम्पिकमा खेलिने स्ट्रिट स्केटबोर्ड इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

फाइनलका लागि भारत र मालदिभ्सबाट दुई निर्णायक पोखरा आएको अध्यक्ष खनालले जानकारी दिए ।

कोभिड १९ का कारण करिब दुई वर्षदेखि उक्त प्रतियोगिता हुन सकेको थिएन ।

पोखरामा तेस्रो पटक प्रतियोगिता भएको हो । बाँकी दुई संस्करण काठमाडौँमा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर