प्रधानमन्त्रीको राजीनामा माग्दै नेकपा एसका विद्यार्थीले जलाए मन्त्रीहरूको पुत्ला (तस्बिरहरू) – Nepal Press

प्रधानमन्त्रीको राजीनामा माग्दै नेकपा एसका विद्यार्थीले जलाए मन्त्रीहरूको पुत्ला (तस्बिरहरू)

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धिको विरोध गरेको छ ।

अध्यक्ष सुदेश पराजुली नेतृत्वको अखिलका विद्यार्थीले शंकरदेव क्याम्पसअगाडि अर्थमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको पुत्लासमेत जलाएका छन् । सोक्रममा प्रहरीले बल प्रयोग गर्दा सामान्य झडपसमेत भएको छ ।

प्रदर्शनको क्रममा ‘मूल्यवृद्धि फिर्ता गर’, ‘नालायक सरकार राजीनामा दे’, ‘शेरे तेरो पाराले दु:ख पायो साराले’ जस्ता नारा लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर