खेलकुद विश्वविद्यालय स्थापना गर्न कार्यदल गठन: पूर्वआईजीपी प्रधान संयोजक, सदस्यमा युवराज लामा पनि – Nepal Press

खेलकुद विश्वविद्यालय स्थापना गर्न कार्यदल गठन: पूर्वआईजीपी प्रधान संयोजक, सदस्यमा युवराज लामा पनि

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलकुद विश्वविद्यालय स्थापना गर्न कार्यदल गठन गरेको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्वअध्यक्ष एवं नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ध्रुवबहादुर प्रधानको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

१३ सदस्यीय कार्यदलमा राखेपका पूर्वसदस्यसचिव युवराज लामासहित एनओसी, राखेप र विभिन्न संघमा काम गरेकालाई सदस्यका रुपमा राखिएको छ ।

कार्यदलका अन्य सदस्यहरुमा गीता क्षेत्री राणा, रमेशराज पन्त, ओमकृष्ण प्रसाईं, डा.शुभेन्दु गुप्ता, रविराज कर्णिकार, सूर्यबहादुर अधिकारी, निलेन्द्रराज श्रेष्ठ, सुमन डीसी, सुजिता गुरुङ, डा. अच्युतम लामिछाने र हरिहर श्रेष्ठ रहेका छन् ।

विश्वविद्यालयहरुमा पछिल्लो समय खेलकुद विषयको पढाइ भए पनि खेलकुदको छुट्टै विश्वविद्यालय बनाउन कार्यदलले आवश्यक काम गर्ने राखेपले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर