नेकपा एसले बोलायो केन्द्रीय परिषद्‌देखि पोलिटब्यूरोसम्मको बैठक – Nepal Press

नेकपा एसले बोलायो केन्द्रीय परिषद्‌देखि पोलिटब्यूरोसम्मको बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले लगातार चार दिनसम्म बैठक बोलाएको छ ।

पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठका अनुसार १० असारमा पोलिटब्यूरो बैठक, ११ गते केन्द्रीय कमिटी, १३ र १४ गते केन्द्रीय परिषदको बैठक बोलाइएको छ । बैठकमा मन्त्रीहरूको हेरफेरबारे पनि छलफल हुने स्रोतले बतायो ।

बैठकमा पार्टी संगठन र आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको विषयमा छलफल हुने श्रेष्ठले बताए । एकीकृत समाजवादीले आगामी निर्वाचनसम्म गठबन्धन कायमै राख्नुपर्नेमा जोड दिँदै सिटको भागबण्डा पनि असारभित्रै टुंग्याउन दबाब दिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर