उडान बन्द गर्ने निर्णयमा किन पुगे निजी कम्पनी (भिडिओ) – Nepal Press

उडान बन्द गर्ने निर्णयमा किन पुगे निजी कम्पनी (भिडिओ)

काठमाडौं । वायुसेवा सञ्चालक संघले भोलिदेखि विभिन्न मागसहित उद्धार तथा नियमित उडान बन्द गर्ने निर्णय गरिसकेको छ ।

संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालै वृद्धि गरेका सेवा शुल्कको वृद्धि फिर्ता गर्नुपर्ने, उपत्यका बाहिर बेस भएका हवाईजहाज र हेलिकप्टरलाई काठमाडौंबाट उडान गर्न नदिने निर्णय फिर्ता हुनुपर्ने लगायतका ५ बुँदे माग राख्दै बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने जनाएका हुन् ।

उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकप्टरलाई काठमाडौंबाट उडान गर्न बन्द गरेकाले विरोधमा उत्रनुपरेको संघका अध्यक्ष रामेश्वर थापाले जानकारी दिए ।

अत्यावश्यक सेवा बन्द गर्ने मनसाय नभए पनि सरकारी निर्णयले बाध्यात्मक अवस्था सिर्जना भएको थापाले बताए । त्रिभुवन विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मर संभारका लागि ह्याङ्गरलगायतका भौतिक पूर्वाधारहरूका लागि स्थान उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

सरकारले विभिन्न कम्पनीका ५० भन्दा बढी जहाज र हेलिकप्टरहरूले राति काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने बाध्यात्मकारी निर्णय गरेको संघले जनाएको छ ।

सरकारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोक्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *