भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थ महँगो भएपछि मूल्य तुलना आउन छाड्यो – Nepal Press

भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थ महँगो भएपछि मूल्य तुलना आउन छाड्यो

काठमाडौं । नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएपछि नेपाल आयल निगमले नेपाल भारत सीमा मूल्य तुलनामा मूल्य राख्न छाडेको छ । केही दिन अघि डिजेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले नेपाल भारत सीमा मूल्य तुलना हाल्न छोडेको छ ।

भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम हुँदा नेपाल आयल निगमले भारतमा भन्दा नेपालमा यति सस्तो भनेर प्रस्ट बुझिने गरी हाल्ने गरेको थियो । तर नेपालमा भन्दा भारतमा सस्तो भएपछि भारतमा भन्दा नेपालमा कति महँगो छ भनेर पेट्रोलियम पदार्थको कुनै पनि मूल्य हालिएको छैन ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतभन्दा सस्तो भएको बेला आम प्रयोग गर्दालाई जनकारी दिन सीमा मूल्य तुलना राखिएको बताए । तर अहिले भारतमा भन्दा नेपालमा महँगो भएपछि सीमा मूल्य तुलना राख्न नपर्ने बताए । भारतमा भन्दा नेपालमा डिजेल ३८.८ रुपैयाँ सस्तो र पेट्रोल २१.१२ पैसा महँगो रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर