नेपाल हङकङसँग ७ विकेटले पराजित – Nepal Press

नेपाल हङकङसँग ७ विकेटले पराजित

काठमाडौं । एसीसी महिला टी- २० च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ।

पराजित भए पनि नेपालले यस अघि लगातार तीन खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

मलेसियाको किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १ सय ९ रनको योगफल तयार गरेको थियो ।

नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

हङकङको जितमा मारिको हिलले सर्वाधिक ४५ रन जोडिन । नताषा मिल्सले अविजित २८ तथा कप्तान कारी चानले १७ रन बनाइन् ।

नेपालकी संगीता राईले २ तथा सीता मगरले १ विकेट लिइन् ।

त्यसअघि नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३२ रनको योगदान गरिन् । अप्सरी बेगमले अविजित २२ रन बनाइन् ।

यस्तै,बिन्दु रावलले २३ रन जोड्दा सीता मगरले ९ रन जोडिन् । ममता चौधरी ७, कविता जोशी ४, काजल श्रेष्ठ १ र इन्दु वर्मा शून्य रनमा आउट भइन् ।

हङकङकी बेट्टी चानले २ तथा मार्याम बीबी र एलिसा हब्बार्डले १र१ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर