अपहरणमा परेको नाटक गरेर परिवारसँग २० लाख फिरौती माग – Nepal Press

अपहरणमा परेको नाटक गरेर परिवारसँग २० लाख फिरौती माग

काठमाडौं । ललितपुरको इमाडोलमा एक व्यक्तिले आफैलाई अपहरणमा परेको नाटक गर्दै परिवारसँग २० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले दाबी गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार इमाडोल बस्दै आएका सप्तरीको राजगढ गाउँपालिका—३ का ३१ वर्षीय कृष्णकुमार शर्मा असार १ गतेबाट हराइरहेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका थिए।

असार २ गते कृष्णले प्रयोग गर्ने इमो नम्बरबाट उनको परिवारलाई कृष्ण अपहरणमा परेको र उनलाई मार्न ८ लाख रुपैयाँ प्राप्त भएको तर २० लाख रुपैयाँ दिए मुक्त गरी दिने म्यासेज गएको थियो । इमो नम्बरबाट कृष्ण अपहरणमा परेको जस्तो देखिने भिडियो पनि पठाइएको प्रहरीले जनाएको छ ।

तर अनुसन्धानका क्रममा कृष्ण आफैले आफैलाई अपहरणको नाटक गरी परिवारसँग २० लाख रुपैयाँ माग्न खोजेको प्रहरीको दाबी । प्रहरीले कृष्णलाई विराटनगरबाट पक्राउ गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *