रवि लामिछाने आजै पार्टी दर्ता गर्न जाँदै, चुनाव चिन्ह ‘घण्टी’ माग्ने (भिडिओ) – Nepal Press

रवि लामिछाने आजै पार्टी दर्ता गर्न जाँदै, चुनाव चिन्ह ‘घण्टी’ माग्ने (भिडिओ)

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने आफूले निर्माण गरेको नयाँ पार्टी आजै दर्ता गर्न जाने भएका छन् ।

उनले आज एक कार्यक्रम मार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको आज घोषणा गरेका थिए ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिन्ह पनि सार्वजनिक गरे । उनका अनुसार पार्टीले निर्वाचन आयोगमा घण्टी चुनाव चिन्हको माग गर्नेछ ।

‘हामी भ्रष्टहरूको दिमागमा घण्टी बजाउनेछौँ,’ लामिछानेले भने ।

लामिछानेले निर्वाचन आयोगबाट फर्केर आजै पार्टीको बैठक बस्ने जानकारी दिए । पार्टी अगाडि बढाउन २१ सदस्यीय प्रारम्भिक कमिटी गठन गरिएको उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर