नेपालले हङकङलाई दियो १ सय १० रनको लक्ष्य – Nepal Press

नेपालले हङकङलाई दियो १ सय १० रनको लक्ष्य

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई १ सय १० रनको लक्ष्य दिएको छ ।

किनरारा एकेडेमी ओभल क्वालालम्पुरमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९ रनको योगफल तयार गर्यो ।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३२ रनको अविजित इनिङ खेलिन् । ओपनर विन्दु रावलले २३ रन र अप्सरी बेगाम २२ रनमा अविजित रहिन् ।

सिता राना ९ रनमा आउट हुँदा इन्दु वर्मा १० बल खेल्दै खाता नखोली आउट भइन् । हङकङको वलिङमा बिट्टि चनले सर्वाधिक २ विकेट लिइन् । यस्तै, मारयाम बिबी र इल्यसा हुब्बार्डले समान १ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर