न्यू प्रिमियम सुपर चमत्कारिक खातावालले एनआईसी एशिया बैंकबाट पाए ३० लाख – Nepal Press

न्यू प्रिमियम सुपर चमत्कारिक खातावालले एनआईसी एशिया बैंकबाट पाए ३० लाख

काठमाडौं । एनआईसी एशिया बैंकका खातावालले बै‌कबाट घातक रोगको ३० लाख बीमा भुक्तानी पाएका छन् । सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत उक्त बचत खाता खोलेका ३ जनाले बै‌कबाट १०/१० लाख रुपैयाँ बीमा भुक्तानी पाएका हुन् ।

बीमा लाभ प्राप्त गर्नेमा एनआईसी एशिया बैंकको इलाम शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खेलेकी रेनुदेवी चौधरी, कुलेश्वर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘केएमसी एम्बेसडर’ ले खोलेका पुष्कर सापकोटा र सामाखुसी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डाइमण्ड’ श्रेणीको खाता खोलेकी विमला दाहालले हुन् ।

यी लाभदायीहरुलाई बैंकले नेपाल इन्स्योरेन्स तथा नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।

बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका एकहजार ६० जनाभन्दा बढी ग्राहकले घातक रोग बीमा वापत दुई करोड १० लाख, दुर्घटना बीमा वापत ४० लाख र मेडिकल बीमा वापत दुई करोड ६१ लाख गरी कुल पाँच करोड ११ लाख रुपैयाँभन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदा भएको सर्वश्रेष्ठ बचत खाता ग्राहकसामु ल्याएको छ ।

यस बचत योजनाअनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जासम्बन्धी सुविधाहरु लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो सेयर खाता, ई-कमर्श नवीकरण, चेक क्लियरिङ, आरटीजीएस, आईपीएस/सी आईपीएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटीएम सेवा ग्राहक एवं निजले मनोनीत गरेका अन्य ३ व्यक्तिका लागि समेत पाँच वर्ष पूर्ण निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

बैंकलाई जनमानसले गरेको प्रगाढ विश्वास, स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्यामध्ये २० देखि ५० वर्ष उमेर समूहको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्ष करिब तीन अर्ब १६ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान हो ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्ला तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेका ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालय स्थापना गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर