इजरायलमा नाफ्ताली बेनेटको सरकार अल्पमतमा, ३ वर्षभित्र हुने भयो पाँचौं चुनाव – Nepal Press

इजरायलमा नाफ्ताली बेनेटको सरकार अल्पमतमा, ३ वर्षभित्र हुने भयो पाँचौं चुनाव

काठमाडौं । इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेट नेतृत्वको सरकारको गठबन्धन भात्किएसँगै इजरायलमा पुनः चुनाव हुने भएको छ ।

इजरायलमा प्रधानमन्त्री नाफ्ताली र विदेशमन्त्री यायिर लापिद नेतृत्वको पार्टीबीच गठबन्धन भएको थियो । नाफ्ताली र लपिदले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै गठबन्धन टुटेको घोषणा गरेका छन् ।

गठबन्धनमा भएको पूर्वसहमतिअनुसार अब र्को चुनाव नभएसम्म यायिर लापिद कार्यबाहक प्रधानमन्त्री हुनेछन् ।

इजरायलमा पछिल्लो ३ वर्षमा चारपटक निर्वाचन भइसकेको छ । अब हुने निर्वाचन पाँचौं हुनेछ । बेनेट नेतृत्वको गठबन्धनसँग ६० सीट र प्रतिपक्षसँग ५९ सीट थियो । इजरायलमा पछिल्लो दुई वर्षमा चार वटा सरकार अल्पमतमा परेकाे थियाे ।

टाइम्स अफ इजरायलका अनुसार नाफ्तालीको सरकार ढलेसँगै पूर्वप्रधानमन्त्री बेन्जामिन नेतान्याहु पुनः नेतृत्वमा आउने सम्भावना प्रवल छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर