सर्लाहीमा धारिलो हतियार प्रहार गरी युवकको हत्या – Nepal Press

सर्लाहीमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

जनकपुरधाम । सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

कबिलासी नगरपालिका ८ अगर्वाका २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या भएको हो । उनको शव रगतले लतपतिएको अवस्थामा गाउँकै बाँस झाडी नजिक फेला परेको छ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् । उनको हत्याको कारण खुल्न सकेका छैन।

अहिले घटनास्थलमा स्थानीयको ठूलो भीड देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *