बलात्कारपछि नगद र गहना लुटेर फरार भएका युवक पक्राउ – Nepal Press

बलात्कारपछि नगद र गहना लुटेर फरार भएका युवक पक्राउ

काठमाडौं । विवाहको प्रलोभनमा पारेर बलात्कार गरी नगद र गहना लुटपाट गरी फरार भएको एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्‍चोक तिमाल गाउँपालिका -९ घर भई हाल बनेपा डेरा गरी बस्ने ३० वर्षीय भोटे, जय, आशिष भनिने बिश्‍व तामाङ रहेका छन् ।

तामाङले गत जेठ २९ गते २४ वर्षीया एक महिलालाई ललाई फकाई विवाह गर्ने प्रलोभनमा काठमाडौंको भोटेबहालमा रहेको एक गेष्ट हाउसमा बलात्कार गरेका थिए ।

तामाङले महिलालाई पेयपदार्थमा लठ्ठिने पदार्थ मिसाई खुवाई महिलासँग साथमा रहेको एक लाख रुपैयाँ दुई तोला सुन र मोबाइल समेत लुटेर फरार भएको थिए । महिला आफू बलात्कारमा परेको र नगद सु सहित लुटेको भन्दै गत जेठ ३१ गते प्रहरी बृत्त कालीमाटीमा उजुरी दिएकी थिइन् ।

तत्कालै प्रसुती गृह अस्पतालमा लगि पीडित महिलाको बिस्तृत स्वास्थ्य र शारीरिक परीक्षण गराई अनुसन्धानको कार्य शुरु गरेको थियो । तर अनुसन्धान गर्न

पीडकको नाम, थर, ठेगाना समेत थाहा नभएको, फोटो समेत नरहेकोले अनुसन्धान प्रायशून्यकै अवस्थामा रहेको थियो । तामाङले गेष्‍ट हाउसमा बस्दासमेत पीडित महिलाकै परिचयपत्र, मोबाइल नं मार्फत डाटा इन्ट्री गराएको  थिए ।

अनुसन्धान गर्दै जाँदा पीडकको पहिचान खुल्न आएको र घटनापश्‍चात भागी फरार रहेककोले खोजतलास गर्ने क्रममा आइतबार राति प्रहरी बृत्त कालीमाटीबाट खटिएको बिशेष प्रहरी टोलीद्वारा तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तामाङलाई काठमाडौं जिल्ला अदालतबाट दिन(७ को म्याद थप अनुमति प्राप्‍त भई प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *