एन्फा निर्वाचन: महिला सदस्यमा सरला र पेमा निर्वाचित – Nepal Press

एन्फा निर्वाचन: महिला सदस्यमा सरला र पेमा निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमितिकाे महिला सदस्य पदमा पंकजविक्रम नेम्वाङ प्यानलकी सरला श्रेष्ठ र कर्मा छिरिङ शेर्पा प्यानलकी पेमा डाेमा लामा उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचनमा नेम्वाङ र शेर्पा प्यानलबाट दुई दुई जानाले सदस्य पदमा उम्मेदवारी दिएका थिए ।

मंगलबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न निर्वाचनमा सरलाले सर्वाधिक ४६ मत र पेमाले ४३ मत प्राप्त गरे ।

आगामी चार वर्षे कार्यकालका लागि अध्यक्ष पदमा पंकजविक्रम नेम्वाङ निर्वाचित भइसकेका छन् । यस्तै, नेम्वाङकै प्यानलका वीरबहादुर खड्का वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भइसकेका छन् ।

महिला सदस्यमा पराजित भएका ब्रिन्दा देवहानले ३९ र विना श्रेष्ठले ४० मत पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर