एन्फा निर्वाचन: वरिष्ठ उपाध्यक्षमा वीर बहादुर निर्वाचित – Nepal Press

एन्फा निर्वाचन: वरिष्ठ उपाध्यक्षमा वीर बहादुर निर्वाचित

काठमाडौं । वीर बहादुर खड्का अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

सोमबार पार्क भिलेज रिसोर्टमा सम्पन्न चुनावमा खड्काले अघिल्लो कर्मा छिरिङ शेर्पा प्यानलका शिक्षित पराजुलीलाई ४ मत अन्तरले पराजित गर्दै नेपाली वरिष्ठ उपाध्यक्षको पद हात पारे । खड्काले ४४ मत ल्याउँदा पराजुली ४० मतमा सीमित भए ।

कर्मा छिरिङलाई पराजित गर्दै नेम्वाङ अध्यक्ष पदमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर