बालेन्द्रको चुनाव खर्च चार लाखभन्दा कम (विवरणसहित)
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2022/06/sunita-balen-nagarsava-13.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।
उनले आज सामाजिक सञ्जालमा सार्वजनिक गरेको विवरण अनुसार उनले काठमाडौंको मेयरमा निर्वाचित हुन करिब ४ लाख मात्रै खर्च गरे ।
आफ्नो चुनावी अभियानमा ३ लाख ९४ हजार चार सय ८९ रुपैयाँ खर्च भएको बालेनले जानकारी दिएका छन् ।
यसमध्ये मतगणनाका क्रममा मात्रै एक लाख रुपैयाँभन्दा बढी खर्च भएको हा । मतगणनामा ढिलाइ हुँदा निर्वाचन प्रक्रिया लामो र बोझिलो बनेको मात्र नभई उम्मेदवारका लागि पनि महँगो भएको बालेनले गुनासो गरेका छन् ।
बालेनका अनुसार सबैभन्दा बढी खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा भएको छ । १५ दिन १८५ र २४५ जनालाई खाजा र खानामा १ लाख १३ हजार ५०० रुपैयाँ खर्च भएको उनले बताएका छन् । अन्य खर्चको विवरण यस प्रकार छ :