सुर्खेतमा ५ देखि ११ वर्ष उमेरसमूहका बालबालिकालाई असार ९ बाट फाइजर खोप – Nepal Press

सुर्खेतमा ५ देखि ११ वर्ष उमेरसमूहका बालबालिकालाई असार ९ बाट फाइजर खोप

सुर्खेत । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले असार ९ गतेदेखि १५ गतेसम्म सुर्खेतमा पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने भएको छ ।

कार्यालयका प्रमुख गणेशभक्त गौतमका अनुसार असार ९ गतेदेखि लगाउने तयारी भइरहेको बताए ।

उनले त्यसका लागि जिल्लाका सबै स्वास्थ्यकर्मीहरूलाई तालिम पनि दिइसकिएको उल्लेख गरे । अहिले असार ९ गतेदेखि १५ गतेसम्म विद्यालयमै बालबालिकालाई खोप लगाइनेछ भने छुटेकालाई अन्तिम दिन स्वास्थ्य केन्द्रमा खोप लगाइने उनको भनाई थियो ।

पहिलो खोप लगाएको २१ दिनदेखि २८ दिनपछि दोस्रो मात्राको खोप लगाइनेछ । कार्यालयको तथ्यांक अनुसार जिल्लाको कूल जनसंख्या ३ लाख ६१ हजार ८३५ मध्ये ५ वर्षदेखि ११ वर्ष मुनिका बालबालिकाको संख्या ४९ हजार ६१९ रहेको छ । यही संख्यालाई फाइजर खोप लगाइनेछ ।

जसमध्ये बराहताल गाउँपाकिलामा चार हजार २४ जना, भेरीगंगा नगरपालिकामा ६ हजार ६९ जना, वीरेन्द्रनगर नगरपालिकामा ११ हजार ५५२ जना, चौकुने गाउँपालिकामा चार हजार ४७६ जना बालबालिकालाई फाइजर खोप लगाइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर