एमाले कैलाली अध्यक्षलाई २३ बुँदे आरोप लगाउँदै सोधियो स्पष्टीकरण – Nepal Press

एमाले कैलाली अध्यक्षलाई २३ बुँदे आरोप लगाउँदै सोधियो स्पष्टीकरण

कैलाली । नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई पार्टीका उम्मेदवार हराउने गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै स्पष्टीकरण सोधिएको छ ।

कैलाली इन्चार्ज नारद मुनि रानाले थापालाई स्पष्टीकरण सोधेका हुन् ।

थापालाई सोधिएको स्पष्टीकरणमा पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई अपुतो भनिएको, शंकर पोख्रेल, लेखराज भट्ट, कर्ण थापा, नारदमुनि राना, गौरीशङ्कर चौधरी, कमला ओली , सन्तोष शर्मालाई राजीनामा दिन लगाउने धम्की दिएको,एमालेले एक सिट पनि जित्दैन भन्दै प्रचार गरेको , पार्टीका उम्मेदवार महादेव बजगाईँ, जुना चौधरी र ममता प्रसाद चौधरीलाई जसरी पनि हराउँछु भन्दै सार्वजनिक रूपमा बोलेको र उनीहरूलाई हराउने कार्यमा किन लागेको भन्दै स्पष्टीकरण सोधिएको छ ।

३ दिन भित्र स्पष्टीकरण दिन भन्दै थापालाई पार्टी विधान बमोजिम प्रक्रिया अगाडि बढाइने बताएको छ ।

कैलाली क्षेत्र नम्बर २ बाट प्रदेश सभामा निर्वाचन भएका थापा र एमाले बाट लम्की चुहाका मेयर उम्मेदवार बनेका महादेव बजगाईँ एउटै क्षेत्रका हुन् ।

अघिल्लो स्थानीय तहमा पनि लम्की चुहाको मेयर बजगाईँ निर्वाचित हुँदा उप प्रमुखमा अध्यक्ष थापा कि श्रीमती उपप्रमुखमा निर्वाचित भएकी थिइन् । सुरुमा राम्रै सम्बन्ध रहेका थापा र बजगाईँको बिस्तारै सम्बन्ध चिस्सिदै गरेको थियो ।

पछिल्लो पटक दुवै बिच बोलचाल समेत बन्द रहेको थियो ।

यसैबिच जिल्ला अध्यक्ष हुँदा बजगाईँ लाई टिकट दिन हुँदैन भन्दै लागेका थापा बजगाईँले टिकट पाएपछि निष्क्रिय भएको आरोप लागेको थियो ।

पछि मेयरमा बजगाईँ पराजित भए पनि उप प्रमुखमा जुना चौधरी निर्वाचित भइन ।

यता घोडाघोडी नगरपालिकामा मेयरका उम्मेदवार बनेका ममता प्रसाद चौधरी अघिल्लो पटकका पनि मेयर हुन् । उनी रतन थापा अध्यक्षमा निर्वाचित हुँदा अर्को प्यानल बाट उप सचिवमा निर्वाचित भएका थिए ।

अघिल्लो पटक निर्वाचित भएका चौधरी यस पटक पराजित भएका थिए  स्पष्टीकरणमा थापाले चौधरीलाई हराउन पनि भूमिका खेलेको आरोप लगाइएको छ

यस्तो छ इन्चार्जले अध्यक्षलाई सोधेको स्पष्टीकरण


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर