सिरहा जिससमा एमाले-जसपा गठबन्धनको प्यानलै निर्वाचित – Nepal Press

सिरहा जिससमा एमाले-जसपा गठबन्धनको प्यानलै निर्वाचित

जनकपुरधाम । जिल्ला समन्वय समिति सिरहामा नेकपा एमाले– जनता समाजवादी पार्टी (जसपा) गठबन्धनको पुरा प्यानलै निर्वाचित भएका छन् ।

सभापतिमा जसपाका दिनेश महतो र उपसभापतिमा एमालेका दिलिप महतो निर्वाचित भएका हुन् । यस्तै सदस्यहरूमा एमालेबाट गिता कुमारी पासवान, सोनाबती कुमारी महरा, रबिन्द्र महतो र सूर्यनाथ यादव तथा जसपाबाट शोभा कुमारी यादव र जानकी यादव र सुरेश यादव निर्वाचित भएका छन् ।

१७ पालिका रहेको सिरहामा एमाले ९ पालिका जितेर पहिलो पार्टी बनेको छ । तर सत्ता गठबन्धन भत्काउन एमालेले जसपालाई सभापति दिएर उपसभापति र चार सदस्य जिताउन सफल भएको छ ।

एमाले–जसपाबीच गठबन्धन भएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसले पनि गठबन्धन गरेको थियो । तर यो गठबन्धनको एउटै उम्मेदवार जित्न सकेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर