समाधिस्थलबाटै निकालिने भयो आमीर लियाकतको शव – Nepal Press

समाधिस्थलबाटै निकालिने भयो आमीर लियाकतको शव

काठमाडौं । प्रख्यात पाकिस्तानी टीभी होस्ट तथा राजनीतिज्ञ आमीर लिआकतको शव समाधीस्थलबाटै निकालिने भएको छ ।

पाकिस्तानी सञ्चारमाध्यम न्युज ट्र्याकलाइभका अनुसार अब्दुल एहाद नामक व्यक्तिले मृत्‍युको कारण थाहा पाउन लिआकतको शवको पोस्टमार्टम गरिनुपर्ने माग गर्दै अदालतमा उजुरी हालेका थिए । उक्त उजुरीपछि अदालतले उनको शव पोस्टमार्टम गर्ने अनुमति दिएको हो ।

लिआकत गत जेठ २६ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । मुस्लिम परम्पराअनुसार उनको अन्तिम संस्कारसमेत भइसकेको थियो । अदालतको उक्त आदेशपश्चात अब लिआकतको शव समाधिस्थलबाटै निकालिने भएको पाकिस्तानी सञ्चारमाध्यम न्युज ट्र्याकले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार हाल पाकिस्तानमा अदालतको उक्त निर्णयको चर्को आलोचना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर