सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको महासचिवमा डा. शितलकाजी श्रेष्ठ सर्वसम्मत – Nepal Press

सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको महासचिवमा डा. शितलकाजी श्रेष्ठ सर्वसम्मत

काठमाडौं। सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको महासचिवमा डा. शितलकाजी श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

नेपाल भेटेरिनरी एसोसियसनको १४ औं राष्ट्रिय सम्मेलनमा भएको सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको पहिलो बैठकबाट एसोसियसनको महासचिवमा डा. श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।

महासचिव चयन भएका श्रेष्ठ नेपाल भेटेरिनरी एसोसियसनका अध्यक्ष हुन् ।

त्यस्तै भारतीय भेटेरिनरी एसोसियसनका अध्यक्ष सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको अध्यक्षमा चयन भएका छन् ।

सार्क राष्ट्रहरूमा भएको संगठनहरूको प्रतिनिधित्व रहेको एसोसियसनको पहिलो बैठकले सचिवालय नेपालमा राख्ने निर्णय गरेको छ ।

नेपाल भेटेरिनरी एसोसियसनको १४ औं राष्ट्रिय सम्मेलनमा भएको उक्त बैठकमा सार्कको पशुतर्फको डाइरेक्टर जमाल उद्दिनको पनि उपस्थिति थियो ।

कास्कीकाे पाेखारमा भएकाे सम्मेलनको उद्घाटन गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले गरेका थिए । सम्मेलनमा ५०० भेटेनरी चिकित्सकहरूको उपस्थिति थियो । त्यस्तै सम्मेलनमा ७० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *