कपिलवस्तुमा पहिरोले बगाउँदा दुई भारतीय युवक बेपत्ता – Nepal Press

कपिलवस्तुमा पहिरोले बगाउँदा दुई भारतीय युवक बेपत्ता

रूपन्देही । कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिरोले बगाउँदा दुई जना भारतीय नागरिक बेपत्ता भएका छन् ।

प्यूठानको स्वर्गद्वारी दर्शन गरी फर्किने क्रममा गाडीबाट झरेर खोला तर्दै गर्दा उनीहरुलाई पहिरोले बगाएको हो । भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल र वर्ष १८ का सुरज सोनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलामा लु २ ख २७१६ नम्बरको फोर्स गाडीबाट झरेर आउँदै गर्दा उनीहरुलाई अचानक आएको पहिरोले बगाएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उनीहरुको खोजी कार्य भइरहेको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर