सिरहा जिससमा एमाले-जसपा गठबन्धनको जित निश्चित – Nepal Press

सिरहा जिससमा एमाले-जसपा गठबन्धनको जित निश्चित

जनकपुरधाम । जिल्ला समन्वय समिति सिरहाको चुनावमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनको जित निश्चित भएको छ ।

१७ पालिकामध्ये ९ पालिका जितेर सिरहामा पहिलो दल बनेको एमाले उपप्रमुख र चार सदस्य लिएर जसपासँग गठबन्धन गरेको हो । जसपाले जिसस प्रमुख र तीन सदस्य पाएको छ ।

पालिका प्रमुख र उपप्रमुख मतदाता हुने जिसस चुनावअन्तर्गत सिरहामा ३४ मत छ । जसमध्ये एमालेसँग १५, जसपासँग १०, नेपाली कांग्रेससँग ६, नेकपा माओवादी केन्द्रसँग २ र नेकपा एकीकृत समाजवादीसँग १ मत छ ।

एमाले–जसपा गठबन्धनसँग २५ मत छ । त्यसैले यो गठबन्धनका सबै उम्मेदवार विजयी हुने निश्चित छ । जसपाले प्रमुखमा दिनेश महतो र एमालेले उपप्रमुखमा दिलीप लामाकाे उम्मेदवारी दिएका छन् ।

यता कांग्रेस, माओवादी र नेकपा एसको गठबन्धनसँग ९ मतमात्रै छ । यो गठबन्धनबाट कांग्रेसले प्रमुखमा मनोजकुमार गुप्ता र नेकपा एसले उपप्रमुखमा राजेश यादवलाई चुनावी मैदानमा उतारेका छन् ।

जिससको निर्वाचनअन्तर्गत सोमबार २ बजे मतदानको समय तोकिएको छ । मतदानलगत्तै गणना हुने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर