गाडी भाडा फेरि बढ्यो, कुन ठाउँको कति ? (दरसहित) – Nepal Press

गाडी भाडा फेरि बढ्यो, कुन ठाउँको कति ? (दरसहित)

काठमाडौं । हिजो रातिबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा पुनः बढाइएको छ ।

यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा समायोजन गरेको हो ।

जसअनुसार यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ प्रतिशत र तराईमा सञ्चालन हुने मालवाहक सवारी ७.७ प्रतिशत भाडा वृद्धि गरिएको छ ।

इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने गरेको छ ।

हिजो रातिबाट डिजेल प्रतिलिटर २७ र पेट्रोल प्रतिलिटर २१ रूपैयाँ बढाइएको छ । केही ठाउँमा भने व्यवसायी आफैंले सर्वजनिक यातायातमा १५ प्रतिशतसम्म भाडा वृद्धि गरेर चलाउन थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर