तिनाउ नदीले बगाउँदा एकजनाको मृत्यु – Nepal Press

तिनाउ नदीले बगाउँदा एकजनाको मृत्यु

रुपन्देही । रुपन्देहीको तिनाउ नदीले बगाएर एक जनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका ६५ वर्षीय किशोरबहादुर नेपालीको नदी किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

नेपालीको शव सोमबार बिहान बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरस्थित तिनाउ नदीमा फेला परेको बुटवल ११ का वडा सदस्य नकुल शाहीले बताए ।

बाढीले बगाएर ल्याएका दाउरा समात्ने क्रममा उनलाई तिनाउ नदीले बगाएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर