बालेन्द्रद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको प्रशंसा गर्दै कमल थापाले भने- वेल डन ! – Nepal Press

बालेन्द्रद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको प्रशंसा गर्दै कमल थापाले भने- वेल डन !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हिजो प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सराहना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नीति कार्यक्रमको प्रशंसामा शब्द खर्चिएका हुन् ।

उनले लेखेका छन्, ‘आशा आकांक्षा असीमित हुन्छन् । यो पनि त्यो पनि भइदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वभाविक हो । तथापि काठमाडौंको समग्र विकासका लागि बालेन्द्र साहद्वारा प्रस्तुत नीति र कार्यक्रम प्रशंसानीय छ ।’

संस्कृति, सम्पदाको संरक्षण र शिक्षा विकासमा ध्यान दिनु नीति कार्यक्रमको राम्रो पक्ष रहेको उनले औंल्याए । थापाले ‘वेल डन’ भन्दै नीति कार्यक्रम कार्यान्वयनका लागि शुभकामना दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर