पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध रुपन्देहीमा अनेरास्ववियुको विरोध (तस्बिरहरू) – Nepal Press

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध रुपन्देहीमा अनेरास्ववियुको विरोध (तस्बिरहरू)

रुपन्देही । नेकपा एमालेनिकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध आन्दोलन गरेको छ ।

सोमबार बिहान बुटवल बहुमुखी क्याम्पस अगाडि अनेरास्ववियुका कार्यकर्ताले सडकमा विरोध गर्दै यातायात बन्द गर्नुका साथै टायर बालेर नाराबाजी गरेका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि गरेपछि विद्यार्थीहरूले विरोध गरेका हुन् ।

सरकारले जनतालाई पीडामाथि पीडा थोपर्न एकैपटक भारीरूपमा मूल्यवृद्धि गरेको भन्दै अनेरास्ववियु रुपन्देही अध्यक्ष शेषकान्त पोखरेलले निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर