एपीएफका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित) – Nepal Press

एपीएफका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का ३७ जना डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको आइतबारको निर्णयअनुसार साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको दरबन्दीमा उनीहरूलाई बढुवा सिफारिस गरिएको एपीएफ मुख्यालय हलचोकले जनाएको छ ।

बढुवा सिफारिसविरुद्ध एक साताभित्र उजुरी गर्न सकिने जनाइएको छ ।

बढुवा सिफारिसको पहिलो नम्बरमा टोपबहादुर डाँगी छन् । २०६० सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका ८७ जनामध्ये उनीहरूको बढुवा सिफारिस भएको हो । उक्त ब्याचबाट विभिन्न तीन चरणमा डीएसपीमा बढुवा भएका थिए ।

यसपटकको बढुवा सिफारिसमा ज्येष्ठता र वरिष्ठता, कार्यसम्पादन र कार्यक्षमतालाई पहिलो प्राथमिकता दिइएको बुझिएको छ।

बढुवा भएकाको सूची यसप्रकार छ :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *