झापामा रतुवा खोलाको बाढी बस्तीमा पस्यो – Nepal Press

झापामा रतुवा खोलाको बाढी बस्तीमा पस्यो

झापा । लगातारको वर्षासँगै रतुवा खोलामा आएको बाढी बस्तीमा पसेको छ । बाढीको कटानका कारण दमक नगरपालिका-१७ रेडक्रस भवनपछाडिको बस्तीमा बाढी पसेर घरहरू डुबानमा परेको प्रहरीले बताएको छ ।

गएराति करिब १० बजे आएको बाढी बस्तीमा बाढी पसेपछि डुबानमा परेका १३ जनालाई सुरक्षित स्थानमा सारिएको झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

त्यस्तै मध्यरातमा रतुवाकै बाढी गौरादह नगरपालिका-६ टंगुवा बस्तीमा पसेपछि २५ घरजति डुबानमा परेको प्रहरीले बताएको छ । यहाँ करिब २ फिट पानी जमेको तर पानी घट्ने क्रममा रहेकाले जोखिम भने कम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर