काठमाडौं अदालत परिसरबाट भागेका अभियुक्त ३ घण्टामै पक्राउ – Nepal Press

काठमाडौं अदालत परिसरबाट भागेका अभियुक्त ३ घण्टामै पक्राउ

काठमाडौं । लागुऔषध मुद्दामा म्याद थपका लागि अदालत लगिएका एक अभियुक्त फरार भएको ३ घण्टामै पक्राउ परेका छन् ।

हिजो साढे ५ बजे काठमाडौं जिल्ला अदालतबाट भागेका सप्तरी कचन गाउँपालिका-२ घर भइ काठमाडौं तिलगंगा बस्दै आएका २८ वर्षीय अनिल ठाकुरलाई केही बेरमै पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उपत्यकाका सबै प्रहरी युनिटमा खबर गरी काठमाडौंबाट बाहिरिन सक्ने सबै नाकामा निगरानी बढाएर ठाकुरलाई पक्राउ गरिएको हो ।

अनिललाई जिल्ला प्रहरी परिसरको विशेष प्रहरी इकाई र प्रहरी प्रभाग कोटेश्‍वरको संयुक्त टोलीले राति साढे ८ बजेतिर कोटेश्‍वरस्थित आकाशे पुल नजिकबाट पुन: नियन्त्रणमा लिइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *