आफ्ना नेता कार्यकर्तालाई छोड्न आग्रह गर्दै नेकपा (बहुमत)ले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन–पत्र – Nepal Press

आफ्ना नेता कार्यकर्तालाई छोड्न आग्रह गर्दै नेकपा (बहुमत)ले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

काठमाडौं । नेकपा (बहुमत) पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन–पत्र बुझाएको छ ।

जेल तथा हिरासतमा रहेका आफ्ना पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र मुद्दा खारेज गर्ने मागसहितको ज्ञापन–पत्र पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’सहित वार्ता टोलीका सदस्य र अन्य नेताको टोलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर ज्ञापन–पत्र बुझाएको हो ।

ज्ञापन–पत्र बुझाउँदै आफूहरूले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाइएको समयमा पक्राउ गरेर अझै पनि प्रहरीको नियन्त्रणमा रहेका करिब चार दर्जन नेता कार्यकर्ता छोड्न आग्रह गरेको पार्टीका संयोजक कञ्चनले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रधानमन्त्री देउवाले जतिसक्दो चाँडै आफ्ना नेता तथा कार्यकर्तालाई छोड्ने प्रतिबद्धता जनाएको उनको भनाई छ ।

उनले नेपाल प्रेससँग भने, ‘मसहित तत्कालीन वार्ता टोलीका सदस्यसमेत रहेका हाम्रा पार्टीका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेर हाम्रा नेता कार्यकर्तालाई छोड्न आग्रह गर्दै ज्ञापन पत्र बुझायाैँ । प्रधानमन्त्री ज्यूले जतिसक्दो चाडै छोड्ने प्रतिबद्धता जनाएको भएको छ ।’

ज्ञापन–पत्र बुझाउने कार्यक्रममा पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, नेताहरू उदय चलाउने ‘दीपक’, गुणराज लोहनी, लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर