माओवादी निकट राष्ट्रिय कर्मचारी महासंघको अध्यक्षमा श्रेष्ठ चयन – Nepal Press

माओवादी निकट राष्ट्रिय कर्मचारी महासंघको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघको अध्यक्षमा मणिरत्न श्रेष्ठ चयन भएका छन् ।

राजधानीमा शनिवारदेखि जारी केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । यस्तै महासंघको महासचिवमा प्रेम खनाल चयन भएका छन् ।

एक सय ५५ सदस्यीय केन्द्रीय समिति रहेको महासंघले आगामी माघमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । स्थानीय र प्रदेश समिति पनि छिट्टै चयन गर्ने महासंघले जनाएको छ ।

आइतबार बिहान मात्रै नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै कर्मचारीलाई देश र जनताको हितमा काम गर्न निर्देशन दिएका थिए ।

उनले संघीय निजामती विधेयक पारित हुन नदिन निजामती कर्मचारी भित्रैको उच्च नेतृत्व लागिपरेकाले त्यसकाविरुद्ध सङ्घर्ष गर्न पनि आग्रह गरेका छन् ।

महासंघका फ्याक्सन इन्चार्जसमेत रहेकी ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देश र जनताको हित र भलो चिताइ आफ्नो भूमिका इमानदार भएर निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर