बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशलाई – Nepal Press

बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशलाई

काठमाडौं । बलियो नेपाल कप अन्डर १५ क्रिकेट प्रतियोगिता २०७९ को उपाधि बलियो मधेस प्रदेशले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा बलियो बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै मधेसले उपाधि जितेको हो ।

आइतबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । बाग्मतीका आकाश टमाटाले २३ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

बलिङ तर्फ बलियो मधेसका साईमन रोएले ४ ओभरमा १० रन खर्चिएर २ विकेट हात पारे ।

बाग्मतीले दिएको ९६ रनको लक्ष्य मधेसले १५.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो । मधेसको जितमा खेलको ‘प्लेयर अफ दि म्याच’ रंजन यादवले ३४ रनको उत्कृष्ट इनिङ खेले ।

बागमतीका कप्तान युवराज खत्रीले ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए ।

प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट मधेस प्रदेशका साईमन रोए घोषित भए भने बलियो–११ का जेनिश मगर, कमल शाही र बागमती प्रदेशका युवराज खत्री प्रतियोगिताको इमार्जिंग खेलाडी घोषित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर