राष्ट्रिय टिम छोड्ने अवस्थामा पुगेका थिए एम्बाप्पे – Nepal Press

राष्ट्रिय टिम छोड्ने अवस्थामा पुगेका थिए एम्बाप्पे

काठमाडौं । फ्रान्स फुटबल फेडेरेसन (एफएफ एफ) का अध्यक्ष निएल ए ग्रेइटका अनुसार यूरो २०२० मा आफ्नो प्रदर्शनमाथि आलोचना भएपछि किलियन एम्बाप्पेले फ्रान्स राष्ट्रिय टिमबाट संन्यास लिने बिचार गरेका थिए ।

२३ वर्षीय एम्बाप्पेले गत वर्ष फ्रान्सले खेलेका चार खेलमध्ये कुनै पनि खेलमा गोल गर्न सकेनन् । विश्वकप विजेता फ्रान्स आस्चर्यजन रूपमा यूरो कपको अन्तिम १६ बाट बाहिरिएको थियो ।

पेरिस सेन्ट जर्मन (पीएसजी)का फरर्वाड एम्बाप्पेले पेनाल्टी मार्फत गोल गर्न असफल भएपछि अतिरिक्त समयमा ३–३ को बराबरी भएको थियो । उक्त खेल फ्रान्सले पेनाल्टी सुट आउटमा हारेको थियो ।

त्यसपछि व्यापक रूपमा भएका आलोचनाहरूले उनलाई धेरै असर गरेको कुरा अध्यक्ष निएल ए प्रस्ट पारेका छन् ।

‘मैले उसलाई यूरो पछि भेटेको थिए । उनले आफूले पेनाल्टी मिस गरेपछि सामना गरेको आलोचनाहरूमा महासंघले आफ्नो रक्षा नगरेको महसुर गरेको बताएका थिए,’ अध्यक्ष निएल ए ले भने ।

‘हामी मेरो अफिसमा पाँच मिनेटका लागि भेटेका थियौँ । उनी रिसाएका थिए, उनी फ्रान्स टिमका लागि खेल्न चाहँदैन थिए । जुन कुरा होस भनेर उनी कहिले चाहँदैन थिए,’ निएल ए ले थपे ।

एम्बाप्पेले गत वर्षको निराशाजनक युरो पछि फ्रान्सका लागि थप ९ खेल खेलेका छन् । उनको उत्कृष्ट प्रदर्शनको मद्दतमा फ्रान्स कतारमा हुने विश्वकपका लागि छनोट भएको छ । उनले राष्ट्रिय टिमबाट ५७ खेल खेल्दै २७ गोल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर