मेयर साहको घोषणाः अब प्रत्येक आइतबार ‘जनतासँग मेयर’ – Nepal Press

मेयर साहको घोषणाः अब प्रत्येक आइतबार ‘जनतासँग मेयर’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हरेक आइतबार काठमाडौंवासीसँग प्रत्यक्ष संवाद गर्ने घोषणा गरेका छन् ।

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै साहले सो घोषणा गरेका हुन् ।

बालेन्द्रले ‘जनतासँग मेयर’ नाममा हरेक आइतबार जनतासँग प्रत्यक्ष संवाद गर्ने जानकारी दिए । यो कुन विधिबाट हुन्छ भन्ने चाहिँ उनले प्रष्ट्याएका छैनन् ।

मेयर निर्वाचित भएलगत्तै साहले काठमाडौंवासीले फोनमार्फत आफ्नो गुनासो तथा सुझावहरु महानगरलाई दिन सक्ने गरी हटलाइन सञ्चालनमा ल्याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर