जनकपुरधामका उपमेयरमाथि जुत्ता प्रहार र हातपात – Nepal Press

जनकपुरधामका उपमेयरमाथि जुत्ता प्रहार र हातपात

जनकपुरधाम । जनकपुरधाम उपमहानगरका उपमेयर किशोरी साहमाथि एक समूहले जुत्ता प्रहार र हातपात गरेको छ ।

अतिक्रमण गरिएको जग्गा खाली गराउन चासो नदेखाएको भन्दै जनकपुरधाम-२३ बेलाका स्थानीयले उपमेयर साहमाथि जुत्ता प्रहार र हातपात गरेका हुन् ।

एक कर्मचारीका अनुसार केही मानिस ज्ञापनपत्र बुझाउन भन्दै आएका थिए । उनीहरू नै उपमेयर साहमाथि जाइलागे । उपमेयरमाथि एक महिलाले जुत्ता प्रहार गरिन् । अन्य व्यक्तिहरूले कुटपिट गरेका हुन् ।

उपमेयर साहमाथि आक्रमण गरिएपछि नगर प्रहरी र नेपाल प्रहरीले उनलाई जोगाएको छ । आक्रोशित समूहले घुस लिएर केही नबोल्ने गरेको आरोपसमेत लगाएका छन् ।

बेलामा भगवान कुटीलाई दिएको जग्गा पछिल्लो समय माफियाहरूले प्लटिङ गरेर बिक्री गरिरहेको स्थानीयको भनाइ छ । सो विषयमा त्यहाँका बासिन्दा ज्ञापनपत्र बुझाउन उपमेयर समक्ष आएका बेला यो घटना भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर