वालकुमारी सामुदायिक वनको अध्यक्षमा कुँवर – Nepal Press

वालकुमारी सामुदायिक वनको अध्यक्षमा कुँवर

ललितपुर । वालकुमारी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा किशोर कुँवर निर्विरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न संघको साधारण सभाले कुँवरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र सहसचिवमा क्रमशः देवकुमार थापा, रेश्मा थापा, घनश्याम थापा मगर र भगवती थापा चयन भएका छन् ।

कार्यसमितिको सदस्यहरूमा अन्जु कुँवर, दीपक महर्जन, दिलीपकुमार केसी, गंगा खड्का, सुरेश थापा, अस्मिता बोगटी, दीपेश घले गुरुङ र हरि कुँवर चयन भएका छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर १८का अध्यक्ष दामोदर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा उनले ललितपुर महानगरको एक मात्र सामुदायिक वन क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताए ।

साउने कुवा पार्कमा आयोजित कार्यक्रममा उहाँले वनको क्षेत्रमा भइरहेको अतिक्रमण हटाउन नवनिर्वाचित समितिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखे ।

उनले भने- वडाको अपेक्षा अनुसार बन क्षेत्रको विकास र पर्यटक ल्याउने गुरुयोजना तयार गर्न सबैको सहयोग अपरिहार्य छ ।

उनले वन क्षेत्रलाई उत्पादनमुखी बनाउन फलफूलको रुख रोप्नुपर्ने, अनावश्यक रुख कटान गरी सो स्थानमा फूल र अक्सिजनयुक्त बिरुवा रोप्नुपर्ने बताए ।

उनले वन क्षेत्रको संरक्षण गर्न वडाले आर्थिक, भौतिक र नैतिक रूपमा सक्दा सहयोग गर्ने वचनबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै वनका अध्यक्ष नवराज कुँवरले करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रको संरक्षण गर्ने दायित्व सबै स्थानीयवासीको रहेको उल्लेख गरे ।

उनले भने- २०३४ सालमा स्थापना भएको सामुदायिक वनलाई पर्यटकीय क्षेत्रको नामकरण गर्न यो समूहले मुख्य भूमिका खेलेको बताए ।

नवनिर्वाचित अध्यक्ष किशोर कुँवरले वन क्षेत्रलाई आयआर्जनको लागि प्रयोग गरिने बताए ।

सो वन क्षेत्रलाई पिकनिक स्थल र साहसिक खेल क्षेत्रको रूपमा विकास गरिने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर