भारतमा उडिरहेको विमानमा आगो लाग्यो (भिडिओ) – Nepal Press

भारतमा उडिरहेको विमानमा आगो लाग्यो (भिडिओ)

नयाँ दिल्ली । पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानको बायाँ इन्जिनमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको छ । विमानको बायाँ इन्जिनबाट धुवाँको मुस्लो निस्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

इन्जिनलाई बन्द गरेर सुरक्षित ढंगले अवतरण गरिएको अधिकारीहरूले जनाएका छन् । विमानमा चरा ठोकिएको उड्डयन नियामक डीजीसीएले जनाएको छ । विमानमा १८५ यात्रु थिए । कोही पनि यात्रु घाइते नभएका प्राप्त विवरणहरूमा जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर