कुमुते च्याम्पियनसिपमा नेपाललाई १२ स्वर्ण – Nepal Press

कुमुते च्याम्पियनसिपमा नेपाललाई १२ स्वर्ण

काठमाडौं । भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एसियाली कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बन्न सफल भएको छ ।

नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्यामिपयन बनाउन सफल भएको टीमका प्रशिक्षक चित्र प्रसाद श्रेष्ठले जानकारी गराए ।

नेपाल सोतोकान (एसकेडियुएन) टीली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न जेष्ठ २७ गते भारत प्रस्थान गरेको थियो । स्वर्ण जित्न सफल खेलाडीहरुमा वर्षा केसी, झरना केसी, सुरोज राजबाहक, एन्जीला राई, शाहिल घले, सर्मिला वाईवा, पुष्पका लामा, वर्षा बुढामगर, साजन बल, सन्तोष श्रेष्ठ , एरिका गुरुङ्ग रहेका छन् ।
यसैगरि नेपालका लागि अर्को स्वर्ण कातामा सुरेन्द्र तामाङले दिलाए ।

यस्तै, रुपक श्रेष्ठ र सम्मान मल्ल श्रेष्ठ ५० केजी मुनि रजत पदक प्राप्त गरेका छन् । सुरेन्द्र तामाङ्ग (६७ केजी) र सञ्जय महर्जन ८४ केजी माथि कास्य पदक प्राप्त गर्न सफल भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर