माडीमा इनारमा खसेर दुई जनाको मृत्यु – Nepal Press

माडीमा इनारमा खसेर दुई जनाको मृत्यु

चितवन । माडी नगरपालिका–७ देबेन्द्रपुरस्थित इनार सफा गर्ने क्रममा इनारमा खसेर दुई जनाको मृत्यु भएको छ ।

शनिवार भएको उक्त घटनामा मृत्यु हुनेमा सोही नगरपालिका–८ बस्ने ३० वर्षीय शिव राई र २५ वर्षीय सूर्य गुरुङ रहेका छन् ।

इनारमा खसेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय माडी र प्रहरी चौकी कल्याणपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *