नेपाल स्काउटले मनायाे ७१औं वार्षिकाेत्सव (११ तस्बिर) – Nepal Press

नेपाल स्काउटले मनायाे ७१औं वार्षिकाेत्सव (११ तस्बिर)

काठमाडौं । नेपाल स्काउटले आफनो स्थापना दिवस भव्यताको साथ मनाएको छ ।  नेपाल स्काउटको राष्ट्रिय कार्यलयमा एक कार्यक्रम आयोजना गरी स्काउटले  आइतबार आफनो ७१ औं स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा स्काउटका विद्यार्थीहरुले मार्चपास र नृत्यका साथै विभिन्न प्रस्तुती दिएका थिए ।

स्काउटले स्काउटको अभियानमा संलग्न स्काउटर तथा लिडरहरुलाई विभिन्न सम्मान र पदवी वितरण गरेको थियो । स्काउट राष्ट्रिय तदर्थ समितिका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले पदवी वितरण गरेका थिए ।

देशभरबाट प्रतिनिधित्व गर्दै विभिन्न विद्यालयबाट स्काउटहरु सहभागी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर