प्रधानमन्त्रीलाई रावलको प्रश्न- संसदको बैठक महत्त्वपूर्ण कि गठबन्धनको ? – Nepal Press

प्रधानमन्त्रीलाई रावलको प्रश्न- संसदको बैठक महत्त्वपूर्ण कि गठबन्धनको ?

काठमाडौं । आसन्न अमेरिका भ्रमण, एसपीपी विवादलगायतका विषयमा जवाफ दिन बोलाइएका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय समिति बैठक बंक गरेपछि सांसदहरूले टिकाटिप्पणी गरेका छन् ।

बैठकमा एमाले सांसद भीम रावलले प्रधानमन्त्रीले संसदीय मर्यादा पालना नगरेको भन्दै आपत्ति जनाए । उनले संसदका महत्वपूर्ण बैठकहरू छलेर प्रधानमन्त्री कहिले गठबन्धन बैठक त कहिले सेमिनारतिर गएको भन्दै विरोध गरे ।

‘संसदको बैठक महत्त्वपूर्ण कि गठबन्धनको ? यहाँ नआएर उता गठबन्धन बैठक गरिबस्ने । कहिले संसद छाडेर सेमिनारतिर जाने’, रावलले भने । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा जवाफ दिन नआएका प्रधानमन्त्री सत्तागठबन्धनको बैठकमा थिए ।

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर प्रमुख विपक्षी नेकपा एमाले र सत्तापक्षकै माओवादी सांसदहरूले आलोचना गरेपछि कांग्रेस सांसद बचाउमा उत्रिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर