ईश्वर पोखरेल भन्छन्- एसपीपीलाई जीतहारको विषय नबनाऔं, तथ्यको खोजी गरौं – Nepal Press

ईश्वर पोखरेल भन्छन्- एसपीपीलाई जीतहारको विषय नबनाऔं, तथ्यको खोजी गरौं

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई राजनीतिक शक्तिबीच जीतहारको विषय बनाउन नहुने बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै उनले यस विषयलाई जीतहारको विषय बनाउनुभन्दा पनि तथ्यको खोजी गर्दै यसमा सामेल नहुने कुरा अमेरिकालाई भन्दिँदा सकिने बताए ।

‘कसैको जीतहारको विषय बनाउनु हुँदैन । हामी विगतमा कस्तो-कस्तो अवस्थाबाट गुज्रियो भन्ने विषय सम्झिए पुग्छ । कसैले कुन तारिख सम्झना गर्नुपर्ने छैन’, उनले भने, ‘मेरो भनाइ के छ भने यसमा एउटा सिलसिला छ । जंगी अड्डाले पठाएको पत्र २० दिनपछि नेपाली सेनालाई निर्देशन दिने रक्षा मन्त्रालय कसले लिड गरेको थियो भन्ने ताकीताकी भनिरहनै परेन नि ! त्यो इतिहासमा दर्ज भएको तथ्य हो ।’

अमेरिकाको आईपीएस रिपोर्ट २०१९ प्रकाशित भएपछि नेपालमा सबै सजग भएको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए । ‘त्यसपछि त्यसको सामरिक अध्ययन गरेपछि सम्बन्धित सरोकारवालाको टिम बनेर काम भएको छ । सिलसिलेवार कुरा जस्ताको तस्तै बुझे भैहाल्यो नि!’, उनले भने ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको अघिल्लो बैठककै एजेण्डाअनुसार सरकारले अब एसपीपी अगाडि नबढाउने भनेर अमेरिकालाई प्रस्ट भन्नुपर्ने उनले बताए । उनले भने, ‘अब एसपीपीमा अगाडि बढ्दैनौं भन्नुपर्छ सरकारले सिद्धियो । हाम्रो साझा बुझाइ हो ।’

यस्तै हालसम्म भएका जति पनि पत्राचार छन्, त्यसलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पठाउन दिएको निर्देशन सरकारले पालन गर्नुपर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर