पत्रकार महासंघ जापान शाखाको अधिवेशन नोभेम्बर ६ तारिख गर्ने निर्णय – Nepal Press

पत्रकार महासंघ जापान शाखाको अधिवेशन नोभेम्बर ६ तारिख गर्ने निर्णय

जापान । नेपाल पत्रकार महासंघ जापानको शाखाको आज बसेको बैठकले शाखाको अधिवेशन आगामी नोभेम्बर ६ तारिख गर्ने निर्णय गरेको छ ।

शाखा अध्यक्ष मोहन घलेको अध्यक्षतामा टोकियोमा बसेको बैठकले आगामी नोभेम्बर ६ तारिख पाँचौ अधिवेशन गर्ने निर्णय गरेको सचिव शान्त पहारीले जानकारी दिए ।

कोरोनाका कारणले अघिल्लो वर्ष गर्न नसकिएको शाखाको साधारणसभा पनि अधिवेशनसँगै सम्पन्न हुने पहारीले जानकारी दिएका छन ।

अधिवेशन अघि सदस्यता नविकरण सम्बन्धी समस्या समाधान गर्ने गरी ३ सदस्यिय समिति गठन गरिएको जानकारी दिँदै पहारीले नयाँ सदस्यताका लागि छिट्टै आवेदन लिने र सोही समितिको सुझाव अनुसार सदस्यता प्रदान गरिने बताए ।

कार्यसिमिति सदस्य राजन गौतमको संयोजकत्वमा गठन समितिमा कार्यसमिति सदस्यद्वय विश्वास आचार्य र दीपक गौतम रहेका छन ।

‘बाँकी रहेका नविकरण सम्बन्धी काम एक हप्ता भित्र सक्न आज गठित समितिलाई जिम्मेवारी दिएका छौ’ सचिव पहारीले भने ’त्यसपछि नयाँ सदस्यका लागि आवेदन खुल्ला गरिनेछ ।’ नयाँ सदस्यका लागि परेका आवेदन अध्ययन गरी गौतम संयोजकत्वको समितिले कार्यसिमितिमा प्रतिवेदन पेश गरेपछि थप प्रकृया अघि बढ्ने उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *