रूसविरुद्ध लगाएको आर्थिक प्रतिबन्धलाई पुटिनले दिए ‘विवेकहीन’ को संज्ञा – Nepal Press

रूसविरुद्ध लगाएको आर्थिक प्रतिबन्धलाई पुटिनले दिए ‘विवेकहीन’ को संज्ञा

मस्को । युक्रेनमाथि आक्रमण सुरु गरेपछि पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विवेकहीन’ कदमको संज्ञा दिएका छन् ।

सेन्ट पिटर्सबर्गमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले अमेरिका तथा उसका सहयोगी यूरोपेली मुलुकको चर्को आलोचना गरे । ‘सेन्ट पिटर्सबर्ग इन्टरन्याश्नल इकोनमिक फोरम’ लाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले रूसमाथिको प्रतिबन्धका कारण (यूरोपेली संघ) ईयूले ४०० अर्ब डलरभन्दा बढी घाटा बेहोर्न सक्ने दाबी गरेका हुन् ।

‘रुसविरुद्धको आर्थिक अभियान सुरुदेखि नै सफल हुने कुनै सम्भावना थिएन,’ उनले भने । प्रतिबन्ध पत्युत्पादक भएको उनले दाबी गरे ।

पश्चिमी राष्ट्रहरूले रूसलाई दण्ड दिने र आफ्नो अर्थतन्त्र सुरक्षित राख्ने प्रयासबीच सन्तुलन कायम गर्न खोजिरहेका समय पुटिनको उक्त भनाई आएको हो ।

उक्त अबसरमा पुटिनले ईयूका २७ सदस्य राष्ट्रमा महँगी बढ्दै गएको र यूरोपमा मानिसहरूको वास्तविक चासोलाई पन्छाइएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर